सुर्खेत । डा. महेन्द्रकुमार मल्लको तीज गीत ‘राधा’ सार्वजनिक भएको छ । भाषा तथा साहित्यमा विद्यावारिधी गरेका प्राध्यापक डा. मल्लले औपचारिक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरेका हुन् ।
यो गित सुर्खेतको बुलबुलेमा छायाङ्कन भएको हो । मंगलबार सुर्खेतको बहुमुखी क्याम्पसमा नेपाली भाषा शिक्षा विभागको आयोजनामा तीज गीत राधाको लोकार्पण गरिएको हो ।
डा. महेन्द्र कुमार मल्लले निर्माण गरेको राधा गितमा गायिका अनु चौधरीको स्वर रहेको छ । दिपा शाही मुख्य कलाकारको रुपमा रहेको यस गितको निर्देशन कुलमान नेपालीले गरेका छन् । शिव संगितको संगित, सुनील परियारको एरेन्ज, अर्जुन सापकोटाको सिनेम्याटोग्राफी, नितु सिंहको व्यवस्थापन र गंगा बस्यालको मेकअपमा बनेको यो गितको सम्पादन मनोज कार्कीले गरेका हुन् ।
Mahendra Kumar Malla युटुब च्यानलमार्फत यो गीत सार्वजनिक भएको छ ।
भिडियाेः
याे पनिः