काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीहरू गगन थापा तथा विश्वप्रकाश शर्मासँग आज पनि छलफल गर्न लागेका छन्।
सभापति देउवाले बिहीबार साँझ पनि उनीहरूसँग छलफल गरेका थिए। शुक्रबार दिउँसो १ बजे पुन: छलफलमा जुट्ने उनीहरूबीच समझदारी बनेअनुसार आज पनि छलफल हुन लागेको हो।
साथै छलफलमा पूर्वउपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतलाई पनि बोलाइएको नेताहरूले जनाएका छन्।
