काठमाडौं। करोड भन्दा बढी रकम बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं-१३ बस्ने २२ वर्षीय विकास शाह बानियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। रौतहटको गरूडाका शाहलाई प्रहरीले बिहीबार भद्रकालीबाट पक्राउ गरेको हो। उनले ६ करोड ७८ लाख ८० हजार ७२५ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोप छ।
उनीमाथि अनलाइन ठगीको समेत आरोप छ। अहिले प्रहरीले शाहमाथि अभौतिक कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ।
यसअघि बुधबार पनि काठमाडौं प्रहरीले डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेको थियो। उनले पनि १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ भन्दा बढी रकमको क्रिटो कारोबार गरेको आरोप छ।
