काठमाडाैं। नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्। शुक्रबार बनस्थलीस्थित पार्टी कार्यालयमा हुने कार्यक्रममा पोखरेलले पार्टीमा प्रवेश गर्न लागेका हुन्।
रास्वपा स्रोतका अनुसार उनलाई अनुशासन आयोगमा जिम्मेवारी दिने गरी पार्टीमा भित्र्याउन लागिएको हो। पोखरेल २०७७ मंसिर २५ गते एआइजी भएर २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए।
