सुर्खेत । एड्स कार्ययोजना सम्बन्धी स्थानीय योजना सल्लाहकार समितिसँग बैठक गरिएको छ । एड्स हेल्थकेअर फाउण्डेसन (एएचएफ) नेपाल र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा शुक्रबार बैठक बसेको हो ।
वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका एचआईभी/एड्स संक्रमितको उपचार र उनिहरुको जीवनयापनमा देखिएका समस्या समाधानका लागि आगामी कार्ययोजना निर्माण गर्नेबारे बैठक मार्फत छलफल गरिएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आगामी वर्षको नीति तथा कार्यक्रममा एड्स सम्बन्धी योजना समेटिने प्रतिवद्धता जनाए । उनले सरकारको भूमिका अनुसार स्थानिय तहबाट हुनसक्ने कामहरुलाई सहजै कार्यान्वयनमा लिईने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले एचआईभी/एड्स संक्रमितहरुको उपचारमा पहिलाको तुलनामा अहिले सहज भईरहेको बताए । उनले अस्पतालमा सहजै उपचार गर्न आउने क्रम बढेको जनाए । उनका अनुसार सुर्खेतको सालकोटबाट एआरटी सेवा सुरु हुनु अगाडी ३६५ जनाले सेवा लिने गरेका थिए भने अहिले २८० जनाले नियमित सेवा लिईरहेका छन् ।
कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले नागरिकको स्वास्थ्य उपचारका लागि स्थानिय तह बढि जिम्मेवार हुनुपर्ने बताए ।
छलफलमा वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधी, विषयगत शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश अस्पताल लगायतका सरोकारकाला निकायहरुबाट प्रतिनिधित्व रहेको थियो ।
सम्बन्धित समाचारः