काठमाडौं । ललितपुरको बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन् ।
आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ ।
घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने टीओआर तोकिएको जनाइएको छ ।
यही पुस १३ गते ईपीएस कोरिया भाषा परीक्षार्थीहरुको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा दुई जनाको मृत्यु भएको थियो ।