सुर्खेत। प्रदेश अस्पतालको विषयमा कर्णाली प्रदेश सभा विषयगत संसदीय समितिमा छलफल भएको छ।सभाको सामाजिक विकास समितिले अस्पतालका बारेमा सरकार र अस्पताल व्यवस्थापक हरुसंग छलफल गरेको हो। गत कार्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरेको थियो। सोही अनुरुप आज बसेको बैठकमा छलफल भएको हो।
विशेषज्ञ डाक्टर पाउन मुश्किल भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए। कर्णालीको भूगोल र वास्तविकतालाई आँकलन गर्दा बिषेशज्ञ डाक्टरहरु कर्णाली आउन नमान्ने बताए। सरकारले चाहेर मात्रै पनि सुविधालाई बढ्वा दिन नसकेको बारे उनले प्रष्ट्याए।
सरकारले गाउँ गाउँमै डाक्टर पठाउने गरी छात्रवृत्ति करारका डाक्टरलाई स्थानीय तहसम्म परिचालन गरिएको जानकारी दिए। तर, मेडिकल अधिकृत भन्दा माथिल्लो तहको डाक्टर पाउन नसकेको जानकारी दिए। स्वास्थ्य अहिले प्राथमिकतामा पर्न सकेको छैन।

कोभिड पछिका दिनहरुमा बजेट स्रोत घटिरहेको बताए। तर, अस्पताल व्यवस्थापन समितिहरुको कोष व्यवस्थित गर्ने र परिचालन भइरहेको बताए। यसलाई थप व्यवस्थित र एकीकृत बनाउन मन्त्रालयले अस्पताल आर्थिक प्रशासन नियमावली निर्माण गरी नमुना कानुन पठाउन लागिएको जानकारी दिए। यसका लागि मस्यौदा माथिको सैद्धान्तिक छलफल सकिएर मूर्त रूप पाउन योग्य भएको बताए।
ओपिडी भवन निर्माण कार्य भइरहेको हुँदा अस्पतालमा देखिने भीडलाई कम हुने अपेक्षा गर्दै असल नियत भएको निर्माण व्यवसायी पर्नुपर्ने बताए।
ढिलासुस्ती जहाकहि भएपनि नागरिकमा धैर्यताको नदेखिएको बताए। सबैलाई हतारका कारण असन्तुष्टि देखिने गरेको बताए। अस्पताललाई व्यवस्थित गर्न संघीय सरकार वा प्रदेशको प्राथमिकतामा राख्नुपर्ने र यसको सुदृढीकरणका लागि छुट्टै व्यवस्थापन तर्फ लाग्नुपर्ने बताए।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घलेले जनशक्ति अभाव र व्यवस्थापन मै कमजोरी हुनु परेको कारणले सेवा प्रवाहमा सन्तुष्टि प्रदान गर्न नसकिएको बताए।
सेवा सुविधा पुर्याउन नसकिएको प्रति आत्मालोचना भइरहेको जिकिर गरे। प्रदेश सरकारको स्वीकृति १५० शैय्या भएपनि हाल तीन सय शैय्या बराबरको सुविधा उपलब्ध गराउनु परेको बाध्यतालाई अस्पतालको तर्फबाट स्पष्ट पारिएको छ।
विषेज्ञ सेवा बाट करिव ९१ जनाले सेवा प्रदान गरिरहेको भएपनि जनशक्ति व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको बताइएको छ।
विशेषज्ञ डाक्टरको अभाव भइरहेको। स्वीकृत दरबन्दी अनुसार नै जनशक्ति नभएको। करिब ५ सय बढी जनशक्ति बाट सेवा प्रवाह भइरहेकोमा करिब २५० जना विकास समिति बाट पूर्ति गरिएको अस्पताल निर्देशक डा. गणेश थापाले जानकारी गराए।
व्यवस्थापन र जनशक्ति परिचालनमा कठिनाई भइरहेको बारे उनले प्रस्ट पारे।अस्पतालले कोष सञ्चालन गरी सोझै विषेशज्ञ डाक्टर राख्न पाउने सुविधा हुनुपर्ने विकल्प देखाए।
विज्ञ चिकित्सक ३७ जना आवश्यक हुनुपर्नेमा हाल १९ जना बाट मात्र सेवा प्रवाह भैरहेको छ। जसको कारण कुनै विशेषज्ञ बिदामा बसेको दिन सेवा बन्द गर्नुपर्ने अवस्थालाई प्रस्तुत गरे।
उपकरण सम्भार अर्को प्रमुख चुनौती रहेको छ। विद्युतीय उपकरण मर्मत गर्ने जनशक्ति सहजै पर्याप्त हुन नसकेको उनले बताए। सामान्य सामान्य कामहरू, पार्टपुर्जा फेर्न समेत जनशक्ति नभएकोले सेवा पटक पटक अवरुद्ध भइरहेको बताए।
दरखास्त आव्हान बमोजिम गरिने संक्षिप्त सूची र छनोट प्रक्रिया सम्बन्धी समितिले प्रश्न उठाएको थियो। जसमा प्रचलित छनोट कार्यविधि अनुरुप गरिएको डा. थापाले बताए। कार्यविधि अनुरुप छनोटमा पर्ने वा नपर्ने भन्नेमा उम्मेदवार आफैंले पनि मूल्यांकन गर्नसक्ने जिकिर गरे।
व्यवस्थापन समितिको समन्वयकारी भूमिका र सरकारी सहयोग प्रति जिज्ञासा राखिएको थियो।
अस्पतालले पानीको समेत समस्या भोगिरहेको छ। बोरिङ प्रविधिबाट पानी सप्लाई भइरहे पनि पर्याप्त नभएको उनले बताए। हरेक आधा घण्टामा फेर्नुपर्ने गरी ३ ओटा मोटरबाट पानी भण्डारण भइरहेको बताए। विद्युत आपूर्ति अर्को समस्या छ।
अहिले अस्पतालले एक हजार केभिए क्षमताको मात्र लोड प्राप्त छ। अस्पतालको आवश्यकतामा कम्तीमा ४-५ हजार केभिए हुनुपर्ने सुझाव आएको बारे जानकारी गराए।
सेवाग्राहीको भीड बढी हुनुको कारण क्षत्रफल कमी हुनु बताए। खुला क्षेत्र नभई साँघुरो हुँदा अस्पतालले भीडभाडसंग सामना गर्नुपरेको बताए। बैठकमा प्रदेश अस्पतालमा कार्यरत जनशक्तिको पदपूर्तिको अवस्था, कार्यदक्षता, सेवा प्रवाहमा ढिलासुस्तीका कारण र सुधारका विषय, प्रदेश अस्पतालबाट प्रदान गरिने सेवाको गुणस्तर, उपलब्धंता र बिरामीमैत्री प्रणालीका सम्बन्धमा तथा प्रदेश अस्पतालको आम्दानी, खर्च तथा वित्तीय व्यवस्थापनको पारदर्शिता सम्बन्धमा छलफल भएको समितिका सभापति पूर्णबहादुर खत्रीले जानकारी दिए।
यस्तै स्वास्थ्य बीमा गरेका नागरिकहरूलाई प्रदान गरिने सेवाको अवस्था तथा त्यसमा सुधार प्रयासहरूका सम्बन्धमा । अस्पताल व्यवस्थापन समितेिको कार्यसम्पादन, निर्णय प्रक्रिया तथा सार्वजनिक जवाफदेहि सम्बन्धमा । र, प्रदेश अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्न प्रदेश अस्पताल विकास समितिको गर हुने भएकाले समितिले के-कसरी स्वास्थ्य सेवालाई उपयोगी र भरपर्दो रूपमा कोर्य गरेको र सो बापत के उपलब्धि हासिल भयो भन्ने स्पष्ट रूपमा अभिलेखिकरण भए/नभए सम्बन्धमा छलफल भएको उनले जानकारी दिए।
