काठमाडाैं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक खाद्य वस्तुको तथ्यांक संकलन गर्न लागेको छ। अत्यावश्यक खाद्य वस्तुको उत्पादन र आवश्यक परिमाण थाहा पाउन तथ्यांक संकलन गर्न लागिएको हो।
पहिलो चरणमा धान/चामल, गहुँ, मकै, चिनी, तेल, नुन, दाल (सबै प्रकारका), माछा, मासु र दूध गरी १० वस्तुको उत्पादनको तथ्यांक संकलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिए। उनका अनुसार ६ महिनाभित्रमा प्रतिवेदन तयार गर्ने योजना छ।
अति आवश्यक वस्तुहरू कति आवश्यक हो, कति परिमाणमा हाम्रो उत्पादन हुन्छ र कति अपुग हो भन्ने थाहा नभएकाले तथ्यांक संकलन गर्न आवश्यक परेको उनले जानकारी दिए।