सुर्खेत। जाजरकोट भुकम्पबाट प्रभावित क्षेत्रका महिलाहरुको सहयोगार्थ सुर्खेतमा सांगीतिक साँझ हुने भएको छ। शुक्रबार साँझ हुने सांगीतिक कार्यक्रमको श्री ज्योती फाउन्डेसनले आयोजना गरेको हो। यसमा एनआरएनए मुख्य प्रायोजक र नेपाल टेलिकम प्रायोजक रहेको छ।
कलाकार शिशिर योगी, राज सिग्देल, तिलक सिंह पेला लगायतका अन्य कलाकारले प्रस्तुति गर्ने आयोजकले जनाएको छ।
सांगीतिक साझमा दर्शकका लागि एक हजार र दुई हजारको टिकट वितरण गरिएको छ।
भूकम्प प्रभावित महिला र बालबालिकाको पुनर्स्थापना र गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको फाउण्डेशनका अध्यक्ष ज्योती कटुवालले बताईन्।
कार्यक्रम मार्फत कम्तीमा लक्ष्य १५ लाख सहयोग रकम जुट्ने अनुमान गरिएको छ। यसमध्ये आन्तरिक खर्च कम्तीमा ५ लाख अनुमान गरिएको अध्यक्ष कटुवालले जानकारी दिइन्। उनले श्रीज्योती फाउन्डेशनले आफ्नो तर्फबाट गर्ने सहयोग बारे कार्यक्रम पश्चात जानकारी गराइने बताईन्।