सुर्खेत। वीरेन्द्रनगरमा भएकाे सडक दुर्घटनामा मृत्यु भएका बालकका आफन्तले कर्णाली राजमार्ग अवरूद्ध गरेका छन्। उनिहरूले राजमार्गकाे खिड्कीज्युला खण्ड अवरूद्ध गरेका हुन्।
शनिबार वीरेन्द्रनगरमा दैलेखकाे आठवीस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका दिग्दर्शन गिरीकाे माेटरसाइकलकाे ठक्करबाट मृत्यु भएकाे थियाे ।
दुर्घटना गराउने ब्यक्ति पक्राउ नगरेको भन्दै खिड्कीज्युलामा कर्णाली राजमार्ग बन्द गरिएको जनाइएकाे छ । स्थानीयबासीले दोषीलाई पक्राउ नगरेसम्म सडक नखुलाउने उनिहरूकाे अडान छ।
“यहाँ अहिले गाडी रोकिएका छन ।” स्थानीय दिल बहादुर थापाले भने, “दुबै तर्फका गाडी संचालन पुर्ण रुपमा बन्द छ भने बजार पनि बन्द छ ।”