सुर्खेत। कर्णाली प्रदेश सरकारमा रहेका एमालेका तीन जना मन्त्रीले राजीनामा दिएका छन्। आज मुख्यमन्त्री राजकुमार शर्मा समक्ष उनीहरूले राजीनामा बुझाएका हुन्।
आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जितबहादुर मल्लले सामूहिक राजीनामा बुझाएका हुन्।
सत्ता सञ्चालनमा केन्द्रीय राजनीतिक समीकरणमा आएको परिवर्तन अनुसार मुख्यमन्त्रीको सहजताको लागि आफूहरुले राजीनामा दिएको उनीहरूको भनाई छ।
योसँगै अब नेपाली कांग्रेस सरकारमा सहभागी हुने मार्ग प्रसस्त भएको छ।
यसअघि मुख्यमन्त्री शर्मालाई संसदबाट एमाले सहितले ३८ मत विश्वासको पक्षमा दिएका थिए।