सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन् । उपसभापति खड्काले ४२ हजार ६०७ मत लिई विजयी भएका हुन् ।
११ हजार ६१९ मतान्तरले खड्का विजयी भएका छन् । खड्काको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गरेका छन् ।
उपसभापति खड्का पाँचौ पटक विजय भएका हुन् । खड्का २०४८, २०५१, २०५६ मा प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए भने २०६४ सालमा समानुपातिकतर्फबाट सांसद बनेका थिए । २०७० सालमा पुनः प्रत्यक्षबाट निर्वाचित खड्का २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धी ध्रुवकुमार शाहीसँगै पराजित भएका थिए ।
खड्का दुईपटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्री भैसकेका छन् ।