काठमाडौं। निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने जनाएको छ।
शुक्रवार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय भएकाे आयाेगले जनाएकाे छ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकमार्फत बन्दसूची असोज २ र ३ गते बुझाउने कार्यतालिका रहेको छ।
राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको पत्र र राजनीतिक दलहरुसँगको बैठकबाट प्राप्त सुझावका आधारमा आयोगले २०७४ को बन्दसूची स्वतः खारेज गर्ने निर्णय गरेको हो।
आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, सङ्घीय संसद् राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनीतिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ।