काठमाडौं। कतार सरकारले नेपालका दुई एयरलाइन्ससहित विभिन्न वायुसेवा कम्पनीलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा रोक लगाएको छ। हमादबाट उडान आएकोमा साढे ३ महिनाको लागि दोहा विमानस्थलमा स्थानान्तरण गर्न कतार सरकारले निर्देशन दिएको हो।
विश्वकप फुटबललाई लक्षित कतारले आज १५ सेप्टेम्बरदेखि ३० डिसेम्बरसम्म यस्तो व्यवस्था लागू गरेको हो।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका १३ वायुसेवा कम्पनीका लागि यो व्यवस्था लागू गरिएको छ।
यी कम्पनीले अब साढे तीन महिना हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न पाउने छैनन्। यसको सट्टा दोहा विमानस्थलबाट उडान गर्नुपर्नेछ।
नेपाल एयरलाइन्सले सातामा चारवटा काठमाडौं–हमाद–काठमाडौं उडान गरिरहेको छ।