काठमाण्डौ। राष्ट्रिय सभाबाट फिर्ता पठाएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल गर्न आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।
बैठक मध्यान्ह १२ बजे समितिको बैठक कक्षमा बस्नेछ। आजको बैठकमा राष्ट्रिय सभाले पठाएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल हुनेछ।
राष्ट्रिय सभाले नागरिकता विधेयकलाई थप छलफलका लागि पठाएको विधायन व्यवस्थापन समितिमा सत्तापक्षकै बहुमत छ।