काठमाडाैं। भक्तपुरको सल्लाघारीमा रूख ढलेर बस र स्कुटरमा लाग्दा तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो १२:१५ बजेतिर सल्लाघारीस्थित इवामुरा अस्पताल नजिकै रूख ढलेको हो।
रूख ढलेर गुडिरहेको बस र स्कुटरमा लागेको हो।
लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको हो।
रूख ढलेर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। चिकित्सकले घटनामा परेका तीन जनाको मृत्यु भएको घोषणा गरेका छन्।
मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन सकेको छैन। मृत्यु हुनेमा भक्तपुर नगरपालिका-२ बस्ने २५ वर्षीय विशेष खर्बुजा छन्। अन्य दुई जना पनि पुरूष नै छन्।