प्रदेश अस्पतालहरुलाई डायलासिस मेशिन खरिद गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री जर्नादन शर्माले देशभरका सबै प्रदेश अस्पतालमा डायलासिस हुने गरि मेशिन खरिद गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।
साथै, सबै प्रदेश अस्पतालमा मुटु रोगको उपचार गर्ने व्यवस्था मिलाउन बजेटमा समावेश गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए । यसैगरि, कर्णाली करिडोरको राकममा ट्रमा सेन्टर स्थापना गर्ने कार्यलाई बजेटमा समावेश गरिएको छ ।