काठमाडौँ । गत वर्षदेखि एमबीबीएस पठनपाठन गराउन थालेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० सिट थपिएको छ । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रमा स्नातक तहको पठनपाठन सञ्चालन गर्न विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजलगायतको सिट निर्धारण गरेको हाे।
गत वर्ष २० जना विद्यार्थी पढाएको प्रतिष्ठानले यो वर्ष ३० जना विद्यार्थीलाई एमबीबीएस पढाउन पाउँछ । बीएनएस, बी–फार्मेसी र बीपीएच पठनपाठन गराउन २०/२० सिट तोकिएको छ । गत वर्षभन्दा स्नातक तहमा ३ सय ९ सिट थप गरिएको आयोगले जनाएको छ ।
एमबीबीएसतर्फ गत वर्षभन्दा ६० सिट थप गरिएको छ । कर्णाली प्रतिष्ठानमा १० सिटसहित देवदह मेडिकल कलेजमा ५० सिट तोकिएको हो ।