अछाम । अछामकाे रामाराेशन गाउँपालिका-४ बाटुलासैन छडेनाकी अम्बकला विककाे उद्दार गरिएकाे छ । सुत्केरी अम्बकलाकाे अत्यधिक रक्तस्राव भएपछि उनकाे हेलिकप्टरमार्फत उद्दार गरी प्रदेश अस्पताल सुर्खेत लगिएकाे हाे ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उनकाे थप उपचारका लागि हेलिकप्टरमा सुर्खेत लगिएकाे हाे । अम्बकला बाटुलासैनस्थित स्वास्थ्य चौकीमा उपचाररत थिइन् ।
उपचारमा क्रमिक सुधार नभएपछि स्थानीय नन्दराज उपाध्यायकाे पहलमा हेलिकप्टर मगाइएकाे थियाे । समन्वयकर्ता उपाध्याय स्थानीय तह निर्वाचनमा रामाराेशन गाउँपालिकाकै वडा नम्बर ४ का वडाअध्यक्ष पदका उम्मेदवार समेत हुन् ।