सुर्खेत । कर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय, सुर्खेतले निर्वाचन कार्यतालिका अनुसार आज जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेकाे हाे ।
कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेलेका अनुसार सुर्खेतका लागि वीरेन्द्रनगरस्थित जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्य र वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले कार्यालयको औपचारिक उद्घाटन गरेका छन् ।
कार्यालयबाट मतपत्र वितरण, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षण लगायतका मुख्य कामहरू सम्पादन हुनेछन् ।
उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य भने सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयबाट हुने कार्यालयले जनाएकाे छ ।