काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले नेकपा(एस)ले स्पष्टीकरण सोधेको छ ।
शनिबार भृकुटिमण्डपमा आयोजित कार्यक्रममा नेकपा(एस)ले आचारसंहिता उल्लंघन गरेको उजुरी आयोगमा परेपछि ३ दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र काटेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगको पत्र काट्दै प्रमाणसहित चित्तबुझ्दो जवाफ पेस गर्न भनेको छ ।
यसैबीच, स्थानीय तह निर्वाचनका लागि हालसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
यस्तै, निर्वाचनको मिति घोषणा भएपछि आचारसंहिता लागू हुनुअघिसम्म २३ हजार ८ सय मतदाता थपिएको आयोगले जनाएको छ ।