काठमाडौं । नेपाल क्रिकेट संघले विश्वकप लिग टु अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ। क्यानले विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका सोमबार सार्वजनिक गरेको हो।
भदौ ३१ देखि असोज १० सम्म हुने खेलमा नेपाल,क्यानडा र ओमान सहभागी हुँदैछन्। क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने क्यानले जनाएको छ। त्यसैगरी क्यानडा र ओमानको खेल असोज ६ र ८ गते हुनेछ।
ओडीआई सिरिज सकिए लगत्तै तीनवटै टोलीबीच टी-२० अन्तराष्ट्रिय सिरिज हुने भएको छ । टि ट्वान्टी आई सिरिजको पहिलो खेल नेपालले असोज १२ गते घरेलु टोली क्यानडासँग र दोस्रो खेल असोज १३ गते ओमानसँग खेल्ने बताइएको छ। यसैगरी नेपालले असोज १५ गते क्यानडासँग र असोज १६ गते ओमानसँग खेल्नेछ।