सुर्खेत । कर्णाली प्रदेश स्तरीय महिला सम्मेलन आयोजना हुने भएको छ । राजधानीको नगरपालिका वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सोमबार महिला सम्मेलन आयोजना गरिएको हो ।
सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उदेश्यले अनुभव आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताईन् ।
उनका अनुसार सम्मेलनको उद्घाटन नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।
सम्मेलनमा कर्णालीका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेतृ, आमा समूह, वडा समितिका अगुवा महिलाहरु सहभागी हुनेछन् ।
कार्यक्रममा मुख्यगरी उपप्रमुख/उपाध्यक्षहरुले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उनीहरुको अनुभव आदनप्रदान गरिनेछ ।
जुनुसुकै क्षेत्रमा काम गरिरहेपनि महिलाहरुको सवालमा साझा मत हुनुपर्छ भन्ने विषयमा पनि छलफल गर्ने र घोषणापत्र नै जारी गर्ने कार्यक्रम तय गरिने जनाइएको छ ।
कार्यक्रममा प्रदेशभरबाट करिव एक हजार जना सहभागी हुने अपेक्षा गरिएको छ ।