घनश्याम भण्डारी
आज माता तिर्थ औशी
आमाको मुखहेर्ने दिन
नेपाल आमा आक्रान्त भएको समय
सन्तानहरु धनको लागि प्रदेशीएको बेला
माफ गर आमा,
मैले तिम्रो फोटो फेसबुकमा हालिन !
म संग मेरी आमाको फोटो नभएको होइन,
दिलमा बसेको फोटो
मोबाइलको वालमा लिन गारो हुदो रहेछ ।
मेरो सृष्टीकर्ता, लालनपालन, सँरक्षक
तिम्रो सम्मान इज्जतमा दाग लाग्नेकाम
जिबनभर गर्ने छैन, आशीर्वाद पाहिरहु
आमा बिरामी हुँदा अस्पताल न लिनेहरु
आमा बोझ ठानेर बृद्धा आश्रम पठाउनेहरु
आमाको जिउनिको लागि मारकाट सम्म गर्न
सतहमा प्रदर्शन गर्ने भाइहरु
आमा तेरो जिम्मा , आमा साइलाको, माइलाको,
कान्छाको हुदाँहुदा छोरीको र माइतिको
शरणमा पुगाउनेहरुले
आज फेसबुकमा सखारै लेखेको देखे
ह्याप्पी मदर दे!
आमाको माया अनमोल छ
जो अनुभूति गर्नै सकिँदैन
मन रुन्छ, छाती च्यातिन्छ , श्रद्धाले शिर निहुरिन्छ
दशधारा दूध, नौ महिनाको गर्भधारण
सुनौला हजार दिनको तिम्रो संघर्ष
मेरो बालापनको चन्चलताको बिरुद्धको खबरदारी
मेरो शिक्षाका लागि बिताएका अनिदा रातहरु
पढ छोरा भन्दै टुक्कीबालेर सगै दिएका साथहरु
कहिले खरि र बोर्ड, कहिले कापी र शिसाकलम
सङलो अक्षर नचिन्ने मेरिआमाले
राम्रो गरेउ छोरा भन्ने ती बातहरु
मैले स्वास्थ्य शिक्षा पढेमात्र
मेरो आमाले कपडा धुने र मलाइ नुहाउने काम खुशिले गर्नु भयो
नङ काट्ने र बालकाट्ने काम आफै गर्नु भयो
कहिल्यै खोज्नु भएन नाइ र हजाम
सबै शिपले पोख्त मेरि आमाले सबैकाम आफै गर्नु भयो
रातिको समयमा जातोमा गौ र चामल पिसेर
बिहानी तारो सगै ढिकिमा मकै कुटेर लुडिको सहारामा
आमाको एकहाते भैंसी ,दूध धोएर साझ बिहान
दिउँसो को अर्नि बिहानको खाना खुवाएर
मेरी आमा जब पठाउनु हुन्थ्यो बिधालय
लाग्थ्यो आमा उधमशिलताको प्रशिक्षक हो
कृषी ,पशु, खाध्यसम्प्रभुताको बिश्वबिद्धालय
गोठमा बास्ने भालेको आवाज सगसगै
गाइको गोबर र रातिमाटोले सुर्योदय पुर्बनै
आमाले दैलो पोतेर हरेक दिनको स्वागत गर्नु हुन्छ
त्यसपछी मेरो घरको दैनिकी सुरुहुन्छ
म र मेरा भाइबहिनिको उज्वल भबिष्यकालागी
आमाले गरेका संघर्षहरु त्याग र बलिदानको लामो कथा छ
आमाको सम्पतिमा आँखा लगाएर
आमालाइ कुटिबाट सडक हुँदै आश्रम पुराएकाहरुले
दुनियालाइ देखाउन मातातिर्थ औशीको
शुभकामना दिन , आमाको फोटो हाल्न पर्दैन
मेरी आमा आफ्नो घरमा छन सधै सन्तानको भलो चिताउछिन
हरेक बिहान दैलो लिप्छिन
हरेक साझ दियो बाल्छिन
त्यसैले त हामी सधै खुशी छौ
हरेक दिन माताको आशीर्वाद छ हामीलाइ
त्यसैले आमालाइ मोबाइलको भित्तामा होइन
मनमा सजाएर राखेका छौ
आज सयोगले मातातिर्थ औशी परेको छ
म समग्र आमाहरुको दिर्घ जिबनको कामना गर्दछु !
( घनश्याम भण्डारी हाल कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री हुनुहुन्छ ) दुल्लु नगरपालिका ८ दैलेख