दैलेखको दुल्लु नगरपालीकाका नगर प्रमुख भरत प्रसाद रिजालले मंगलबार देखी विधार्थी भर्ना सुरु गर्न निर्देशन दिएका छन ।
आज एक विज्ञप्ती जारी गर्दै नगर भित्रका सबै सामुदायिक विधालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघहरुलाई विधार्थी भर्ना गर्ने बातावरण तयार गर्न भनिएको छ ।
नयाँ शैक्षिक सत्रको भर्ना गर्ने समय सकिनै लाग्दा समेत शिक्षक महासंघको काठमान्डौमा जारी आन्दोलनका कारण बिधालयमा विधार्थी भर्ना प्रभावित भएको छ ।
शिक्षकलाई आन्दोलनको स्वरुप परिर्वतन गरी विधार्थी भर्ना, पाठ्यपुस्तक वितरण र सिकाइ क्रियाकलाप संचालन गर्न ध्यानाकर्षण गरिएको छ ।
संविधानत् शिक्षकका माग सम्बोधन गर्न पनि नेपाल सरकारलाई नगर प्रमुख रिजालले अनुरोध गर्नु भएको छ ।
