सुर्खेत । दिवंगत पितृको सम्झनामा गरिने सोह्र श्राद्ध आजबाट सुरु भएको छ । असोज कृष्णपक्षको प्रारम्भसँगै बुधबारदेखि हिन्दु परम्पराको पितृ पक्ष सुरु भएको हो । यसअघि प्रथम वार्षिक श्राद्ध (बरखी) गरिएका दिवंगत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्र श्राद्ध पनि भन्ने गरिन्छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यस अवसरमा आफ्ना पूर्वजहरूको मृत्युमा तिथिअनुसार श्राद्ध गर्ने परम्परा रहिआएको छ ।
२०८१ सालको सोह्र श्राद्धमा कुन तिथिको श्राद्ध कहिले ?
प्रतिपदा श्राद्ध : २ गते बुधवार बिहानको ०८:४३ पछाडि शुरु गर्ने र एकाछाकि १ गते बिहान ११ बजे पछाडि गर्ने ।
द्वितीया श्राद्ध : ३ गते बिहीबार बिहानको ०६:१९ बजे पछाडि शुरु गर्ने र एकछाकि २ गते बिहान ०८:४३ बजे पछाडि गर्ने ।
तृतीया श्राद्ध : ४ गते शुक्रवार बिहानको ०३:५३ बजे पछाडि शुरु गर्ने, एकछाकि ३ गते बिहान ०६:१९ बजे पछाडि गर्ने ।
चतुर्थी श्राद्ध : ५ गते शनिवार दिनभर, एकछाकि ४ गते ।
पञ्चमी श्राद्ध : ६ गते आइतबार दिनभर, एकछाकि ५ गते ।
षष्ठी श्राद्ध : ७ गते सोमवार दिनभर, एकछाकि ६ गते ।
सप्तमी श्राद्ध : ८ गते मंगलवार दिनभर, एकछाकि ७ गते ।
अष्ठमी श्राद्ध : ९ गते बुधवार दिनभर, एकछाकि ८ गते ।
नवमी श्राद्ध : १० गते बिहीबार , एकछाकि ९ गते ।
दशमी श्राद्ध : ११ गते शुक्रवार, एकछाकि १० गतेको दिउसो ४:२७ भित्र गर्ने ।
एकादशी श्राद्ध : १२ गते शनिवार, एकछाकि ११ गतेको दिउसो ४:२४ भित्र गर्ने ।
द्वादशी श्राद्ध : १३ गते आइतबार, एकछाकि १२ गतेको दिउसो ४:५२ भित्र गर्ने ।
त्रयोदशी श्राद्ध : १४ गते सोमवार, साँझको ७ : १६ मिनेट भित्र गर्ने, एकछाकि १३ गते।
चतुर्दशी श्राद्ध : १५ गते मंगलवार दिनभर, एकछाकि १४ गते ।
औशी श्राद्ध : १६ गते बुधवार दिनभर, एकछाकि १५ गते ।