काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्ताव सत्ता गठबन्धनले संसदमा पेस गरे विरोध गर्ने बताएका छन् ।
मंगलबार पाण्डेले उपसभामुखलाई हटाउने प्रस्ताव आएमा विरोध गर्ने बताएका हुन् । ‘उपसभामुखलाई हटाउने सम्बन्धमा सत्ता गठबन्धनले संसदमा कुनै प्रस्ताव ल्याएको छैन । यदि प्रस्ताव आएको विषयमा हामी विरोध गर्छौँ । अहिले नै यसबारे पार्टीले आधिकारिक निर्णय भने गरिसकेको छैन’, पाण्डेले भने ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा उपसभामुख राना मगरले पदीय आचरविपरीत काम गरेको भन्दै हटाउनुपर्ने सम्बन्धमा छलफल भएको थियो ।