काठमाडौं। सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति प्रदेश प्रमुखकाे निर्णय झिकाउन आदेश दिएकाे छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालकाे इजलासले निर्णय झिकाउने आदेश दिएको हो।
नेपाली कांग्रेसका केदार कार्कीलाई हटाएर नेकपा एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख प्रर्शुराम खापुङकाे निर्णय झिकाउन आदेश भएकाे हाे ।
गत वैशाख २८ गते कार्कीले सर्वाेच्च अदालतमा दायर गरेको रिटमा आज पूर्ण इजलासमा सुनुवाइ भएको हो। गत असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पमतमा परेका थिए।
अल्पमतमा परेपछि पनि उनले विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ वैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले प्रतिवादी बनाइएका प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी, एमाले सांसद किशोरचन्द्र दुलाल, माओवादी सांसद गणेश उप्रेतीसँग जवाफ माग गरेर विषयवस्तुको गम्भीर्यताका आधारमा पूर्ण सुनुवाइका लागि आजका लागि पेशी तोकेको थियो।