रुकुमपश्चिम । नेपाली काँग्रेसका उपसभापति पुर्णबहादुर खड्काले गठबन्धनमा धोका दिएको नेकपा (माओवादी केन्द्र) लाई राजनैतिक तरिकाले जवाफ दिने बताएका छन् ।
नेपाली काँग्रेस रुकुमपश्चिमको साताैं जिल्ला अधिवेशनपछिको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै खड्काले काँग्रेससँग मिलेर चुनाव जितेको माओवादीले सत्ताको लागि धोकाको खेल खेलेको बताए ।
उनले भने ‘अहिले यतिमात्रै संकेत गर्न चाहन्छु, धोकाको जवाफ राजनीतिक तरिकाले समयक्रममा दिईनेछ ।’
निवर्तमान उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका खड्काले वर्तमान सरकारको स्थायित्व धेरै नरहेको समेत उल्लेख गरे । कार्यक्रममा उपसभापति खड्काले आगामी चुनावहरुमा नेपाली काँग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने र बहुमतसहितको सरकार बनाउने गरी चुनावमा होमिने बताए ।
यसका लागि उनले गाउँगाउँका काँग्रेसका संगठनहरु चलायमान मनाउन र तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । काँग्रेसका सहि निर्णय र गतिविधिहरु जनताको बिचमा पु¥याउन समेत आवश्यक रहेको उनको भनाई थियो ।