काठमाडौं। चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएकाे छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत मसान्तसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढ्दै याे अवस्थामा पुगेकाे हाे ।
याे अवधिमा वैदेशिक रोजगारीका लागि तीन लाख २९ हजार चार सय २२ नेपालीले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिएका छन्। पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार सात सय २१ रहेको राष्ट्र बैंकले जनाएको छ ।
शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ र चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति गत चैत मसान्त सम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।