काठमाडौं । गायिका एलिना चौहानले बिहे गर्ने भएकी छिन्। उनले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग बिहे गर्न लागेकी हुन्। विष्णु स्वयम्ले बिहेको खबरको पुष्टि गरे।
‘हामी वैशाख ५ गते बिहे गर्दैछौँ। बिहे समारोह झापामा हुनेछ।’ उनले एलिनासँगको ब्रेकअफको खबर मिडियाले अफवाह फैलाएको भन्दै झुटो रहेको दाबी गरे।
‘ब्रेकअफको खबर सरासर झुटो हो। मिडियाले अपबाह फैलाउनु हुन्न’ उनले भने, ‘मंसिरमा बिहे गर्ने योजना थियो। तर, यसले गर्दा छिटो गर्नपर्ने अवस्था आयो।’ अस्ट्रेलिया बस्दै आएका विष्णु बागलुङका हुन्। उनले पारिवारिक सल्लाहमै प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।
एक दर्जन बढी गीत लेखेका सापकोटाले एलिनासँग गीतमा स्वर दिइसकेका छन्।