हुम्ला । हुम्लाकाे सिमकोटस्थित मानसरोवर नमुना माध्यमिक विद्यालयमा स्मार्ट बाेर्डबाट कक्षा सञ्चालन हुने भएकाे छ। शैक्षिक सुधार कार्यक्रम अर्न्तगत विद्यालयमा प्रविधिकाे प्रयाेग गर्न खाेजिएकाे जनाइएकाे छ।
याेसँगै, हुम्लामा प्रविधिमैत्री उपकरणबाट पठनपाठन गर्ने पहिलो विद्यालय बनेकाे छ।
कक्षा सञ्चालन सहजताका लागि स्मार्ट बोर्ड राखिएको विद्यालयका प्रधानध्यापक अमर बहादुर शाहीले बताए।
साेमबार उक्त बाेर्डकाे प्रयाेग गरि कक्षा सञ्चालन समेत गरिएकाे छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले स्मार्ट बोर्ड कक्षा सञ्चालनको उद्घाटन गरेका हुन्।
विद्यालयमा युग सुहाउँदो र समयसापेक्षा हुने गरी स्मार्ट कक्षा सञ्चालनकाे पहल भएकाे बताए । उनले आगामी दिनमा यस्ता प्रविधिका लागि सहयोग गर्न प्रतिवद्ध रहेकाे जनाए।
मानसरोवर माध्यमिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म पठानपाठन हुँदै आएको छ ।
प्रधानाध्यापक शाहीका अनुसार १२ वटा स्मार्ट बोर्ड खरिद गरिएकोमा ६ वडा बोर्ड विद्यालयमा आइपुगेका छन्। भने बाँकी ल्याउने तयारी भइरहेकाे छ।