सुर्खेत। कर्णाली प्रदेशका महिलाहरुको आर्थिक अवस्था अझै पनि नाजुक नै रहेको बताईएको छ। कर्णाली प्रदेशमा आयोजित प्रथम महिला सम्मेलनमा सार्वजनिक अवधारणामा कर्णालीका महिलाको अवस्थाका बारेमा जानकारी गराइएको हो।
वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमया ढकालले प्रस्तुत गरेको अवधारणा पत्रमा स्थानीय तहहरुले महिला आय आर्जनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जनाइएको छ।
यस्तो छ प्रस्तुत अवधारणा पत्रमा कर्णालीका महिलाको अवस्था :
कर्णाली बोल्नासाथ हाम्रो जनजिजोमा झुण्डिएको र कर्णालीवासीले मन पराएको “कर्नाली” लाई सम्झन्छौ, मनन गछौं र एक पटक पुगेर अनुभव गछौं भन्ने जो सुकैको मनमा लाग्न सक्छ। कर्णाली एउटा सभ्यता हो । ठूला ठूला शहरको मानव सभ्यताको विकास नदी संग जोडीएको हुन्छ । नेपालको पुरानो सभ्यता कर्णाली हो र यो कर्णाली नदीसंग जोडीएको छ । कर्णालीको सिंजा सभ्यता मानव सभ्यता र संस्कृतिसंग जोडिएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार कुल १६८८४१२ जनसंख्या रहेको कर्णाली प्रदेशमा महिलाको जनसंख्या ८६४६५१ अर्थात ५१.२१ प्रतिशत रहेको छ । रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० वटा जिल्लामा ७९ वटा स्थानीय तहहरु रहेको कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो, जहाँ सम्भावनाले अवसर दिएको छ।
कर्णाली प्रदेशमा कुल १२.५ परिवारहरुमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको छ। महिलाको नाममा घर र जग्गा दुबै हुने परिवार ६.२ प्रतिशत रहेको छ। कर्णाली प्रदेशका महिलाहरुको रोजगारको अबस्थालाई हेर्दा ३३ प्रतिशत महिला पारिवारिक योगदानमा सहयोग पुर्याएका छन्, २५.७ प्रतिशत महिला आंशिक काम गर्ने, ३२.४ प्रतिशत महिला विभिन्न पेशा व्यवासाय, ४१ प्रतिशत औपचारिक, ५८ प्रतिसत अनौपचारिक, ८२ प्रतिशत कृषि र ८.६ प्रतिशत महिला रोजगार दाताको रुपमा कार्य गरी आर्थिक उपार्जनमा सक्रिय भएता पनि कर्णालि प्रदेशको महिलाको आर्थिक अबस्था अझै पनि निकै नाजुक नै रहेको पाइन्छ । उच्च गरिव भएको क्षेत्रमा महिलाको गरिव नै बढी छ। धेरै जसो महिला अनुत्पादन र घरायसी काममै व्यस्त छन्। यिनी कुरालाई मध्यनजर राख्दै वीरेन्द्रनगर नगरपालिकाले महिला स्वरोजगार कार्यक्रम मार्फत धेरै युवा महिलाहरुलाई टेम्पुड्राइभर, ढाका बुनाई लगायत विभिन्न व्यवसाय तथा उत्पादनमुखी कार्यमा जोड दिएको छ।
कर्णाली प्रदेशको बाल मृत्यू दर राष्ट्रिय औषत भन्दा बढी छ। दुई बर्ष भन्दा पहिलाको प्रतिबेदनअनुसार शिशु मृत्यूदर हजारमा २६ राष्ट्रिय औषत २२, एक बर्षमा मृत्यू हुने हजारमा ३६ जना छन् भने राष्ट्रिय औषत २८ प्रतिसत रहेको छ। साक्षर भन्दा निरक्षर आमाहरुको बाल मृत्यूदर बढी हुने गरेको तथ्यांकले देखाएको छ। लैंगिक अनुपात ९५. २७ रहेको कर्णाली प्रदेशमा नगरपालिकाहरुको जनसंख्या ५२.१ प्रतिशत रहेको छ भने गाउँपालिकाहरुको जनसंख्या ४७.९ प्रतिशत रहेको छ। कर्णाली प्रदेशका धेरैजसो महिलाहरु वा ३७.९ प्रतिशत महिलाहरुको पहिलो विवाह १८ देखि २० बर्षको उमेरमा भएको देखिन्छ । कर्णालीमा बालविवाह गर्ने र माध्यमिक शिक्षा पूरा नगर्नेको संख्या बढी छ जसले गर्दा प्रति एक लाखमा जिवित जन्ममा १७२ आमको मृत्यू हुन्छ।
। औषत आयु ६३ अर्ष भएको कर्णाली प्रदेशमा महिलाको स्वास्थय अवस्था निकै कमजोर छ । कम उमेरमा विवाह र २० वर्षभन्दा पहिला नै बच्चा हुने हुँदा र पोषिलो खानाको कमिले पाठ्यघर खस्ने लागयत प्रजनन् स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु यस प्रदेशका महिलाहरुले भोगिरहेका छन् । करिव ३५ प्रतिशत महिला घरमा नै सुत्केरी हुने गर्छन । भौगोलिक विकटता र अपायक स्वास्थ्य चौकि भएकाले कतिपय अबस्थामा बाटोमा नै सुत्केरी भएको तितो यथार्थता कर्णाली प्रदेशमा देखिन्छ । कतिपय दीर्य र मानसिक रोगी महिलाहरुले उपचार गर्न नसकी घरबाट अपहेलित भई विभिन्न खालका हिंसाका सिकार भएर बाँच्नु परेको अबस्था छ । स्वास्थ्य सम्बन्धी चेतनाको कमी, महिला स्वास्थ्य शिविर र चेकजाँचमा कमी, दरबन्दिअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको कमी, महिला स्वास्थ्यकर्मीको कमी हुँदा ग्रामिण समुदायका महिलाहरुको स्वास्थ्यमा खासै सुधार हुन सकेको छैन ।
मानवीय व्यवहारमा परिवर्तन गरी जीवनमा सकारात्मक परिवर्तन ल्याउने तेस्रो नेत्र नै शिक्षा हो। मानव जीवनको शुरुवातसँगै शिक्षाको थालनी अनौपचारिक अनियमित आदि तरिकाबाट अगाडि बढेको पाइन्छ । जनगणना २०७८ अनुसार नेपालमा कुल साक्षरता ७६. २% रहेको छ । जसमा पुरुष साक्षरता ८३.६% र महिला साक्षरता ६९.४% रहेको छ । २०७८ को जनगणना अनुसार कर्णाली प्रदेशको युवा साक्षरता दर ६६.१७% रहेको छ । महिला साक्षरता भने ६९.४% देखिन्छ । यस प्रदेशको १० जिल्ला मध्ये सुर्खेतमा साक्षरता दर सबैभन्दा बढी ७४% र कालीकोटमा सबैभन्दा कम ६३.६४% रहेको छ। कर्णाली प्रदेशको कुल जनसंख्याको ३.१ प्रतिशतमा देखिएको अपांगतामा महिला ४४.४ प्रतिशत छन् ।