सुदूरपश्चिम। बलात्कार गरेकाे आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्। कञ्चनपुरकाे बेल्डाँडी गाउँपालिका–३ का वडा सदस्य ५९ वर्षीय पिल्चे चौधरी जबरजस्ती करणी आरोपमा पक्राउ परेकाे प्रहरीले जनाएको हाे।
उनले मंगलबार राति एक महिलालाई आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय बेल्डाँडीमा परेकाे थियोे।
साेही उजुरीका आधारमा प्रहरीले उनलाई साेही दिननै प्रकाउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए।