सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्काे आयाेजनामा मैत्रीपूर्ण भलिबल प्रतियाेगिता सञ्चालन गरिएकाे छ। परिषद्को स्थापना दिवसकाे अवसरमा शनिबार राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेश सभा सदस्य (सांसद) महिलाहरू र महिला पत्रकारहरूबीच प्रतियाेगिता भएकाे हाे ।
प्रतियाेगितामा महिला सांसदले जित हात पारेका छन्।
खेलको पहिलो सेटमा महिला पत्रकारले जितेका थिए। शुन्यका विरुद्ध २५ अंक प्राप्त गरी महिला पत्रकारले पहिलो सेटमा जितेका हुन्।
यसैगरी, दोस्रो सेटमा महिला जनप्रतिधिहरुले विजय प्राप्त गरेका थिए । तेस्रो सेटमा पनि महिला जनप्रतिनिधिले १५ अंक ल्याइ विजय प्राप्त गरेका छन्।
प्रतियाेगितमा महिला सांसदको तर्फबाट विजया बुढाकाे कप्तानीमा कल्याणी खड्का, लक्ष्मी सुनार, गैमता विक सहित पत्रकार रजनी योगी, सिता आचार्य, आस्था खड्का, सुमिता थापा र राजकुमारी हमाल लगायतका महिलाको सहभागिता थियो।
महिला पत्रकारको तर्फबाट पत्रकार अप्सरा विष्टकाे कप्तानीमा, यामुना शाही, कल्पना हमाल, लक्ष्मी हमाल, प्रभा रावत, रमा केसी, भावना राना, कल्पना ढेङ्गामगर, सिर्जना बुढाथोकी सहभागी थिए ।