काठमाडाैं। कोशी सरकार विरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिइएकाे छ। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएकाे हाे।
संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको रिट निवेदकको तर्फबाट समन्वय गरिरहेका नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए।
कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएका थिए। उनले विश्वासको मत लिँदा सभाध्यक्ष इस्माइल मन्सुरीले पनि मत दिएका थिए।
सभाध्यक्षले संविधान विपरीत मत दिएको भन्दै पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले भदौ ५ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसमाथि भदौ ७ गते सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अल्पकालीन अन्तरिम आदेश दिएका थिए। कोशी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न भनिएको थियो। यससँगै कारण देखाउ आदेश पनि दिएको थियो।