सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल (पचण्ड)ले सुशासन र समृद्धिको पक्षमा कदम चालेको बताएका छन् । समाजवादी मोर्चा नेपालद्वारा बिहिबार सुर्खेतमा आयोजित सन्देश सभामा बोल्दै उनले आफुलाई सरकार जोगाउनतर्फ भन्दा सुशासन र समृद्धिको पक्षमा कदम चालेको दावी गरे ।
‘मेरो सरकार जोगाउनेतर्फ ध्यान छैन । जति दिन सरकारमा बस्छु त्यति दिनसम्म सुशासन र समृद्धिको पक्षमा कदम चालेको छुृ ।’ उनले भने, ‘ राम्रो काम गर्छु । गर्दैगर्दा कसले हटाउँछ हेर्छु । म सरकार छोड्न अप्ठेरो मान्ने मान्छे होइन ।’
अहिले भईरहेको मोर्चाले समाजवादको यात्रा तय गर्ने विश्वास व्यक्त गरे । ‘जनताको राष्ट्रियता, स्वाधीनता, सुशासन र सामाजिक न्यायको पक्षमा एकठाउँमा उभिएको हौं ।’ प्रधानमन्त्रीले भने ‘संघीय लोकतन्त्रिक गणतन्त्र जनताको त्याग र तपस्याको परिणाम हो । यसको रक्षा हामीले गर्नैपर्छ भन्ने निष्कर्षमा पुगेर मोर्चाको तयारी भएको हो ।’
हिल्सा–सुर्खेत सडक निर्माणलाई उच्च प्राथमिकतामा राखिने बताउनुभएको छ । लगत्तै हुन लागेका भ्रमणहरुमा उनले नेपालको कृषि, भौतिक पूर्वाधार क्षेत्र, हवाई यातायात र पर्यटनका विषयलाई प्राथमिकतामा राखिने बताए । त्यसका लागि आफ्ना अधिकारीहरुलाई तयारी गर्न निर्देशन गरिसकेको जानकारी दिए ।