रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका उपप्रममुख बिमल कुमार पुनलाई कारबाहीको माग गर्दै कर्मचारीले तालाबन्दी गरेका छन् । आईतबार नगरपालिकामा कार्यरत कर्मचारीहरुले नगरपालिकाको मूल गेटमा ताबन्दी गरी धर्ना दिएका हुन् ।
उनीहरूले उपमेयरमाथि कारबाही हुनुपर्ने, कर्मचारीको सुरक्षा सुनिश्चित हुनुपर्ने लगायत ८ बुँदे माग राखेका छन् ।
सम्बन्धित समाचारः मुसीकोटका उपप्रमुखले कर्मचारी कुटेको आरोप
कर्मचारीले मूल गेटमै ताला लगाएर धर्ना दिएपछि नगरप्रमुख र अन्य जनप्रतिनिधि कार्यालय प्रवेश गर्न पाएका छैनन् ।
शनिबार बिहान ११ बजेतिर उपमेयर बिमलकुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र वलीलाई परीक्षाको बिषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गरेका थिए ।
यी हुन् आठ बुदे माग
-प्रमुख प्रशासकीय अधिकृतबाट कर्मचारीको बैठक बसाल्नुपर्ने ।
-दोषीलाई कडा भन्दा कडा कारबाही हुनपर्ने ।
-कर्मचारीहरुलाई भरपर्दो शान्ती सुरक्षाको व्यवस्था मिलाउनुपर्ने ।
-नगरपालिकामा कार्यरत कर्मचारीले कुनै गल्ती कमजोरी गरेमा नियमानुसार कारबाही गर्नुपर्ने ।
-जनप्रतिनिधि भएर आफै नियमावली, कानून बनाउने कार्यान्वयनको समयमा कर्मचारीहरुलाई दोषी देखाई आफू पन्छिन खोज्ने प्रवृत्ति रहेकोले आगामी दिनहरुमा कर्मचारीहरुलाई दोषी देखाउने कार्यको अन्त्य हुनुपर्ने ।
-जनप्रतिनिधि र कर्मचारीहरुको आ–आफ्नो भूमिका र कामहरु स्पष्ट तोकिएको हुनाले नियमानुसार एक अर्काबिचको कार्यमा हस्तक्षेप गर्न नपाइने ।
-उच्च स्तरीय न्यायिक छानविन समिति गठन गर्नुपर्ने ।