सुर्खेत । एडिज प्रजातिको लामखुट्टेबाट संक्रमण हुने डेंगी नियन्त्रणका लागि अभियान थालिएको छ । शनिबारदेखि वीरेन्द्रनगरमा ‘डेंगुरोग सार्ने एडिज लामखुट्टेको लार्भा खोजी गरि नष्ट (सर्च एण्ड डेस्ट्रोए) अभियान’ आयोजना गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य शाखाको आयोजनामा विभिन्न संघ–संस्थाको सहकार्यमा अभियान सञ्चालन भएको थियो ।
टोल–टोलमा पुगेर सचेतना फैलाउने, कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि घर आसपासमा पानी जम्ने ठाउँ राख्नुहुँदैन भन्ने जानकारी जनस्तरमा पु¥याउने अभियानको मुख्य कार्य थिए ।