काठमाडाैं। सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गर्दैछ। अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गरिरहेका छन्।
राजस्व संकुचनका कारण स्रोतको तीव्र दबाब छ। यसवर्ष करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुने बताइएको छ।
सरकारले साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने लक्ष्य राखेको छ।

 
         
         
         
         
         
         
         
        