काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकार आज आठौं पटक विस्तार गर्ने तयारी भैरहेकाे छ ।
प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउद (एनपी साउद)लाई नियुक्त गरेका छन्।
नवनियुक्त परराष्ट्रमन्त्री साउदले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण हुने जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । त्यसका लागि सञ्चार माध्यमलाई २ः३० नै आइपुग्न निमन्त्रणा पनि गरिएको छ ।
कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।