सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा घाँटी रेटिएको अवस्थामा पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अन्दाजी ३२ वर्षको देखिने पुरुषको पहिचान खुल्न सकेको छैन ।
मानवबस्तीको करिब ५० मिटर दुरीमा बाँस झाङ्ग नजिकै शव देखेपछि स्थानीयले मंगलबार साँझ ५ बजे प्रहरीलाई खबर गरेका थिए ।
मृतकको शव पहिचानका लागि प्रहरीले खोजी गरेपनि अहिलेसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले बताए । उनका अनुसार अहिले प्रहरीले कुकुर सहितकाे टोलीद्वारा घटनाको थप अनुसन्धान गर्दैछ । मृतक पुरुषको शव घाँटी रेटिएको अवस्थामा छ । घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने प्रवक्ता शाहीले बताए ।