काठमाडौं । दैलेखको विकासका लागि सांसदहरुबीच शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । दैलेखी सेवा समाज काठमाडौंको आयोजनामा प्रतिनिधीसभा र प्रदेशसभा सांसदहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा दैलेख क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सांसद अम्मरबहादुर थापाले दैलेखको विकासका लागि आफु निरन्तर पहल गर्ने प्रतिवद्धता जनाए । उनले समग्र विकासका लागि संसदमा विशेष भूमिका निर्वाह गर्न सकिने जिकीर गरे ।
प्रतिनिधीसभा सांसद सारदा श्रेष्ठले जिल्लको विकासको लागि आफू पुर्णरुपमा समय दिएर कटिवद्ध हुने बताईन् ।
प्रदेश सभा सदस्य घनश्याम भण्डारीले ज्वाला सिन्जा र कर्णाली सभ्यताको केन्द्र दैलेखको विकासका लागि सबैको हातेमालो आवश्यक भएको बताउदै दैलेखी सेवा समाजले विभाग गठन गरेर जिम्मेवारी बाँडफाड गरी देशभर दैलेखीको सबै क्षेत्रमा पँहुच बिस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।
यसैगरी, प्रदेश सभा सदस्य कृष्णकुमार बिसिले सबै मिलेर समग्र दैलेख बनाउने महाअभियानको थालनी गर्ने समय भएको बताए ।
प्रदेश सभा सांसद पूर्णबहादुर खत्रीले २०५२ सालदेखि हालसम्म दैलेखको विकासका लागि पहल गर्ने सबै नेतालाइ धन्यवाद ज्ञापन गर्दै आवश्यकता अनुसार समाजिक विकासको लागि पहल गरिने बताए ।
प्रदेशसभा सांसद इन्द्राकुमारी शाहीले सेवा समाजले सुखदुखमा साथ दिएको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा जिल्लाका सबैको मनोभावलाई जोड्नेमा विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा सांसद गोमता बिकले दैलेखी सेवा समाजले कार्ययोजना र प्रस्तावको आधारमा अघि बढ्नु पर्ने बताइन् ।
कार्यक्रममा शैक्षिक अगुवा खड्गबहादुर सिजापती, नेता नरसिंह मल्लले आफ्नो धारणा प्रस्तुत गरेका थिए । यसैगरी, कार्यक्रममा पत्रकार भरतबन्धु थापाले पशुपतीदेखि पन्चकोशीसम्मको पदमार्ग सुरु गर्ने बताए ।
पत्रकार रविन्द्र सुवेदीले सहजीकरण गरेको उक्त कार्यक्रम प्रताप शाहीको सभाध्यक्षतामा सञ्चालन भएको थियो ।
कार्यक्रममा दैलेखी सेवा समाजका कार्य समिति पदाधिकारी सदस्य तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।