सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित *काक्रेबिहार फनपार्क एण्ड रिसोर्ट प्रालि द्वारा संचालित ट्रि हाउस फन पार्कमा पिङ खेल्दा लडेर एक महिलाको मृत्यु भएको छ । दाङको तुलसीपुर नगरपालिका ६ घर भएकी अन्दाजी ५० वर्षीय खगीसरा सुनारको पिङ खेल्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बताए ।
साथै, थप दुई जना घाइते भएका छन् । घाइते उनिहरुको अवस्था सामान्य रहेको थापाले शिलापेपरलाई बताए ।
पार्क सञ्चालक समितिका एकजनालाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक थापाको भनाई छ । मृतक सुनारको शव प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ ।
प्रहरीका अनुसार मृतक सुनार आफन्तसँग भेटघाटको लागि सुर्खेत आएकी उनी अवलोकनका लागि शहिद पार्क गएको बुझिएको छ ।