काठमाडौं । संविधानअनुसार मुलुकमा मिश्रित प्रणालीको आमनिर्वाचनमार्फत प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरू चुन्ने गरिन्छ। प्रतिनिधिसभा २७५ सदस्यीय छ,। जसमा १६५ सदस्य पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ भने ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।
समानुपातिक निर्वाचन प्रणाली भन्नाले ऐनको दफा ५ बमोजिम सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा त्यस्तो दलको तर्पmबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निर्वाचन प्रणाली हो।
समानुपातिकतर्फको सांसद चयनका लागि मतदान सकिएपछि १६५ वटै निर्वाचन क्षेत्रबाट समानुपातिकमा हरेक दलले प्राप्त गरेको मतको टेबल बनाइने निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। त्यसरी बनाइएको टेबललाई आयोगको केन्द्रीय विवरणमा सामेल गरिन्छ र सबै क्षेत्रको मतलाई दलअनुसार विभाजन गरेर जोडिन्छ ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ ३ प्रतिशत मत नल्याउने दलले समानुपातिकतर्फ एक सिट पनि पाउँदैनन्।
क्षेत्रगत रूपमा नै सदर मतको विवरण मात्र केन्द्रमा पठाइने भएकाले त्यो कुल मत भनेको सदर मतको संख्या मात्र हुन्छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ ३ प्रतिशत मत नल्याउने दलले समानुपातिकतर्फ एक सिट पनि पाउँदैनन्। कुल सदर मतको ३ प्रतिशतभन्दा कम मत पाउने दलहरूले प्राप्त गरेको मत कुल सदर मतबाट घटाइन्छ ।
थ्रेस होल्डका लागि ३ लाख मत ल्याउनुपर्ने
निर्वाचन आयोगका उपसचिव कमल भट्टराईका अनुसार कुनै पनि दलले ११० समानुपातिक सांसदमध्ये थे्रस होल्डका लागि कम्तीमा ३ लाख मत कटाउनुपर्ने हुन्छ। निर्वाचन अन्तर्गत मंसिर ४ मा सम्पन्न मतदानमा १ करोड १४ लाख ६८ हजार मत खसेको छ।
जसमा ३ प्रतिशत मत बदर हुने देखिन्छ। जसमा १ करोड ११ लाख सदर मतको अनुमान छ। उनले भने, ‘समानुपातिकका साना दलले १० प्रतिशत मत खेरा जाने देखिन्छ। त्यो भनेको १ करोड ११ हजार हो। कुनै दलले २.९ प्रतिशत मात्र मत ल्यायो भने पनि उत्ताm दललाई समानुपातिक सांसदको सिट बाँडफाँटको गणनामा राखिँदैन।’ आयोगका अनुसार दलले १ सिट पाउन ९० हजार ९०९ मत ल्ल्याउनुपर्ने अनुमान भट्टराईले गरे।
‘एक सिट ल्याउन ९० हजारको हाराहरी चाहिने देखिन्छ। यो सुत्रले मिलाउने कुरा हो,’ उनले भने । सहप्रवत्ताmा अर्यालले भने अनुसार मत विभाजन गर्नुपर्ने थ्रेस होल्ड कटाएका दलहरूले प्राप्त गरेको मत संख्यालाई लहरै राखेर प्रत्येकलाई पालैपालो १ देखि क्रमशः विजोर संख्याले भाग गरिन्छ। दलहरूले प्राप्त गरेका मत संख्यालाई १,३,५,७,९,११ र यसपछि आउने विजोर संख्याहरूले क्रमशः भाग लगाउँदै जाने सुत्र रहेको अर्यालले बताए।
उक्त सुत्रमा ११० वटा विजोर सङख्याले भाग गर्ने व्यवस्था रहेको अर्यालले बताए। ‘दलहरूले प्राप्त गरेको मतलाई १ देखिका बिजोर अंकले भाग लगाउने पद्धतिलाई ‘सेन्ट लग’ विधि भनिन्छ। उक्त सुत्रअनुसार सिट संख्या भाग लगाउँदा धेरै भोट प्राप्त गर्ने दलले समानुपातिमा पनि धेरै सिट जित्छन् भने थोरै भोट पाउने सोही अनुसार सांसद चुनिन्छन्। संविधानले तोकेको ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित प्रत्यक्ष निर्वाचनबाट हुन सकेको छैन भने पनि दलहरूले समानुपातिकबाट महिला संख्या पुर्याउनपर्छ।
कुनै पनि राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाउन समानुपातिकमा ३ प्रतिशत मत ल्याएको र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको हुनुपर्ने कानुनी व्यवस्था छ। प्रदेशमा पनि प्रतिनिधिसभाकै तरिकाले गणना गरेर सदस्य चुन्ने व्यवस्था छ। तर, प्रदेशमा भने मान्यता प्राप्त दल बन्न समानुपातिकमा तीन प्रतिशतको साटो १ दशमलव ५ प्रतिशत मात्र मत कटाए पुग्छ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ सीमित क्षेत्रबाट उठेको प्रतिनिधिले प्राप्त गरेको मतको आधारमा जितहार हुन्छ भने प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा पूरै देशलाई नै एउटा नेपालको संविधान अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा ६० प्रतिशत सदस्य प्रत्यक्ष रूपमा निर्वाचित हुन्छन्। ४० प्रतिशत समानुपातिकबाट छानिन्छन्। प्रदेशसभामा समानुपातिकबाट सांसद चयन प्रक्रियाबाट यस्तो भए पनि प्रदेशमा १ दशमलव ५ प्रतिशत मत कटाएका दलबीच प्रदेशका २२० वटा सिट बाँडफाँट गरिने आयोगले जनाएको छ।
समावेशीताको आधारमा
त्यस्तो प्रतिनिधित्वको व्यवस्था मिलाउँदा समानुपातिकमा जातजातिका आधारमा खस–आर्य समूहको सबैभन्दा धेरै ३१.२ प्रतिनिधित्वको सुनिश्चितता गर्नुपर्ने व्यवस्था छ। दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१ प्रतिशत मधेसी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत र मुस्लिम ४.४ प्रतिशत हुनुपर्ने व्यवस्था छ। निर्देशिकामा समावेशी समूहमा कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश हुनुपर्ने व्यवस्था छ ।
केके गरिन्छ ?
– कुल खसेको मतमध्ये सदरमत छान्ने
– कुल खसेको मतको तीन प्रतिशत भन्दा बढी अर्थात थ्रेस होल्ड कटाउने दल पहिचान गर्ने।
– थ्रेस होल्ड कटाएका दललाई मात्रै ११० सिट बाँड्ने ।
– सिट बाँड्दा दलहरूले प्राप्त गरेको मतलाई १ देखि विजोर अंकले छुट्टाछुट्टै भाग गर्ने
– प्रत्येक दलले प्राप्त गरेको मतलाई प्रतिनिधिसभाका ११० वटा सिटसम्म भाग गर्ने ।
– यसरी भाग गर्दा समानुपातिकमा धेरै भोट ल्याएका दलले धेरै सिट संख्या प्राप्त गर्छन् भने थोरै भोट ल्याएका दलले कम सिट संख्या प्राप्त गर्छन्।
– दललाई प्राप्त भएका सिटबाट ३३ प्रतिशत महिला संसद्मा सुनिश्चत हुने गरी वर्ग समूहबाट प्रतिनिधित्व हुने गरी समानुपातिक सांसद चयन गरिन्छ । (अन्नपूर्णबाट साभार)