सुर्खेत। दैलेख निर्वाचन क्षेत्र नं. १ मा सत्तारूढ गठबन्धनका अम्मरबहादुर थापा विजयी भएका छन्। एकिकृत समाजवादीकाे कर्णाली प्रदेश अध्यक्ष समेत रहेका थापाले १८ हजार २५६ मत सहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमेदवार रबिन्द्रराज शर्माले १७ हजार ४०७ मत पाएका छन्। थापाले ८४९ मतको फराकिलो अन्तरले जित हासिल गरेका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पाटीकि उमेद्वार कुन्ती कुमारी शाहीले ४ हजार ६०२ मत प्राप्त गरेकी छन्।
काे हुन् विजयी थापा ?
सत्ता गठबन्धनबाट विजयी थापा तत्कालिन नेकपा एमालेको ३ कार्यकाल पार्टी सचिव भै संगठन विस्तार गर्दै जिल्लामा प्रभावशाली नेता हुन्। उनि २०६४ सालकाे आम निर्वाचनमा गणेश बहादुर खड्कासँग पराजित भएपनि २०७० को संविधान सभा सदस्यमा निर्वाचित भए।
२०७४ काे प्रदेश सभा निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य हुँदै कर्णालीकाे भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री समेत भए।
संसदमा नेकपा एमालेबाट फ्लाेर क्रस गरेका थापा पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादी पार्टीका कर्णाली प्रदेश अध्यक्ष छन्।
जिल्लामा प्रभावशाली नेताकाे रूपमा थापा स्थापित भएका छन्।