सास जान लाग्दा आँखाबाट तप्प झरेको आँसुलाई सम्झ
बाँच्ने चाहना भएर पनि मृत्यु नजिक कुरिरहेका मनहरुलाई सम्झ
अनगिन्ती सपना, अपूरा रहर अनि फुलजस्तो जीवन सम्झ
साच्चै तिमिलाई आत्महत्या गर्न मन लागेको हो?
तिमिभित्रको आत्मलाई सोध,
अनि भन त
आत्महत्या गर्नु के सजिलो विकल्प हो?
यहाँ दिनरात गरिबीमा बाँचेकालाई सोध
सधैं हिंसा पाएर हाँसेकालाई सोध
जाउ त मेसिन जसरि घोटिएर पनि खान नपाएकालाई सोध
अब भने साँच्चै तिमिलाई लाग्छ
आत्महत्या गर्नु के बाध्यता हो?
आफ्ना शरिरका अंग नचल्ने ति महान व्यक्ति भएर सोच
सयौं पटक यातना र पीडा पाएकाहरु भएर सम्झ
आफ्ना र अरुका अधिकारका लागि लड्ने ति महान हस्तिहरुलाई हेर त
आँखिर के का लागि बोलिरहेका छन् र किन गरेका छैनन ति सबैले देहत्याग
अनि भन्न सक्छौ,
आत्महत्या नै अन्तिम विकल्प र बाध्यता हो?
पर्ख, सुन त म भन्छु,
किनभने तिमिले मनलाई चञ्चल बनायौ
विलासी दुनियाको पछि लगायौ
म असाध्यै धर्मी छु भन्ने देखाउदै थियौ तर, आत्मभित्र पाप जगायौ
भाग्यको भर परेर कर्म नगर्ने भित्रका तिमि आत्महत्या गर्ने नियत बनायौ
आफैबाट आत्महत्या भन्ने शब्दलाई सस्तो नबनाउ
जीवन पछि मृत्यु निश्चित छ कौतुहलतामा प्रयोग गरिने वस्तु नबनाउ
जीवन सुन्दर फूल हो काँडा हैन भन्ने सिकाउनु छ संसारलाई
अतः जीवन जिउनै नसकिने कठीन जस्तो नबनाउ
अत्यन्त महत्वका साथ लेखिने प्रमुख समाचार नबनाउ
समाचार जस्तो आत्महत्या गर्ने विचार नबनाउ
अरुलाई पनि जिउन प्रेरित गर्न केही बन
तिम्रो कारणले जीवन बुझेकाहरुलाई आत्महत्या गर्न लाचार नबनाउ
सुन्दर धरातलमा अध्याँरोमा उज्यालो दिने जुनकिरी बन्नु छ तिमि यो संसारमा
आत्महत्यालाई तिमिभित्रको हंस नबनाउ
आज तिमिले गर्यौ, भोली तिम्रो सन्ताले गर्ला त्यसैले यस्तो सस्तो गुण भएको वंश नबनाउ
तिमिभित्र सकारात्मक उर्जा छ
त्यसलाई आत्महत्याको अंश नबनाउ
अंश नबनाउ ।।
(-लेखकः सर्मिला बि.सी.)