सुर्खेत। दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न माग गरिएकाे छ। नेपाली कांग्रेसका सांसद लक्ष्मी परियारले आज बसेकाे प्रतिनिधी सभामा बाेल्दै प्रजिअ प्याकुरेललाई कारबाहीकाे माग गरेकी हुन्।
गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो नाम सच्याउँन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको भन्दै प्रजिअ प्याकुरेल माथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी हुन्।
कानुनभन्दा आफूलाई माथि राखि दलितमाथि दुर्व्यवहार गर्ने प्रजिअ प्याकुरेलले गृह मन्त्रालयको निर्देशनलाई समेत पालना नगरेर जातीय दम्भ देखाएकोमा आक्रोश व्यक्त गरिन्।
सांसद परियारले लोकतन्त्रमा कर्मचारीहरु शासक नभई जनताको सेवक हुने भएकाले उनीहरुले जनसेवाको काम नगरे सरकारले तत्काल कारबाही गर्नुपर्ने उनकाे भनाइ छ।