काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्। सो विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता गरेको राष्ट्रपति कार्यालयले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको हो।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको विद्येयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को (३) अनुसार पुनः प्रतिनिधिसभामै फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उक्त विद्येयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर सभामुख सापकोटाले प्रमाणीकरण गरी राष्ट्रपतिसमक्ष पठाएको थियो।