काठमाडौं। नेपाल क्रिकेट संघले क्यानले केन्या भ्रमणका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ। टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन्।
ज्ञानेन्द्रसँगै शाहब आलम र विवेक यादवले पनि पुनरागमन गरेका छन्।
अर्जुन साउद पहिलो पटक टिममा परेका छन्। कुशल भुर्तेल र विनोद भण्डारी भने राष्ट्रिय टिमबाट बाहिरिएका छन्।
नेपालले केन्यामा गएर भदौ ९ देखि १३ सम्म टी–२० अन्तर्राष्ट्रिय तथा भदौ १७, १८ र २० गते एकदिवशीय खेल खेल्ने छ।